
काठमाण्डौ । आसन्न १३ औं दक्षिण एसियाली खेलकुद सागको पुरुष फुटबलका लागि नेपालले प्रारम्भीक टोलीको घोषणा गरेको छ । अखिल नेपाल फुटबल संघ एन्फाले प्रशिक्षणमा रहेका ४५ खेलाडी मध्येबाट ३२ सदस्सीय टोली घोषणा गरेको हो ।
टोलीमा किरण चेम्जोङ, अर्पण कार्की, दिप कार्की, देव लिम्बु, रोमन रसाईली, अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल र बिक्रम लामा रहेका छन् । त्यस्तै राम चन्द्र वाजी, रोहित चन्द, विकास खवास, अशिम भुजेल, मिक्चेन भुजेल, रोमन लिम्बु, छिरिङ गुरुङ, सुजल श्रेष्ठ, अन्जन बिष्ट, सुनिल बल, हेमन्त थापा मगर, नितिन थापा र सेसेहाङ आङदेम्बे पनि टोलीमा परेका छन् । अन्य सदस्यहरुमा एरिक बिष्ट, दिपेश आले मगर, तेज तामाङ, नवयुग श्रेष्ठ, विमल घर्ति मगर, अभिषेक रिजाल, प्रिजन तामाङ, रेजिन सुब्बा, राजिब लोप्चन र राजेश परियार परेका छन् ।
मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले प्रशिक्षण क्रममा खेलाडीले गरेको प्रर्दशन र मेहनतका आधारमा प्रारम्भीक टोलीको घोषणा गरिएको बताए । मंसिर १५ बाट नेपालमा हुने साग खेलकुद अन्तरगत पुरुष फुटबलको खेल काठमाण्डौमा हुने तय भएको छ । अब बन्द प्रशिक्षण पछि सागका लागि अन्तिम टोलीको घोषणा हुनेछ ।
सागको पुरुष फुटबलमा २३ बर्ष मुनीका खेलाडीको सहभागिता हुनुपर्नेछ । टोलीमा बढिमा ३ जना सिनियर खेलाडी राख्न पाउने नियम छ ।
