Logo

सागको पदक तालिकामा भारतको अग्रता, नेपाल दोस्रो

ई-खेलकुद २०७६ मंसीर १९ , बिहीबार ०६:१२ मा प्रकाशित

काठमाण्डौ । १३ औ दक्षिण एसियाली खेलकुद सागको चौथो दिनको खेल सकिदा अंकतालिकामा भारतले नेपाललाई पछि पारेको छ । ३२ स्वर्ण, २३ रजत र १३ कास्यसहित कुल ६८ पदक जितेको भारतले नेपाललाई पछि पार्दै अग्रता लिएको हो । नेपाल भने २९ स्वर्ण, १५ रजत र २५ कास्यगरी ६९ पदकसहित अंक तालिकाको दोस्रो स्थानमा छ । नेपालपछि पाकिस्तान, श्रीलंका, बंगलादेश र माल्दिभ्स रहेका छन् । पुछारमा रहेको भुटान भने स्वर्ण र रजतबिहिन छ । पाकिस्तानले चौथो दिनसम्म ९ स्वर्ण १८ रजत र १८ कास्य हात पारेको छ । श्रीलंकाले भने ८ स्वर्ण २३ रजत र ३८ कास्य जितेको छ । बंगलादेश र माल्दिभ्सले क्रमश ४ र १ स्वर्ण हात पारेका छन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?