Logo

सागको नवौ दिन आज विभिन्न १३ खेलका स्पर्धा हुदै

ई-खेलकुद २०७६ मंसीर २३ , सोमबार ०९:१२ मा प्रकाशित

काठमाण्डौ । १३ औ दक्षिण एसियाली खेलकुद सागको नवौ दिन आज बिभिन्न १३ खेलका स्पर्धामा प्रतिस्पर्धा हुदैछ । आज आर्चरी, बास्केटबल, बक्सिङ, सुटिङ, फेन्सीङ, कुस्ती, क्रिकेट, कब्बडी, फुटबल, जुडो, पौडी, स्क्वास र टेनिसका स्पर्धामा प्रतिस्पर्धा हुनेछ । बक्सिङ, जुडो, फुटबल र पौडीबाट नेपालले आज स्वर्ण थप्ने संभावना छ । बक्सिङमा आज र भोली गरी १६ स्वर्णका लागि हुने स्पर्धामा ९ नेपाली खेलाडी फाईनलमा प्रबेश गरेकाले स्वर्णको स्भावना उच्च छ । १६ मध्ये ८ स्पर्धाको फाइनल आज हुनेछ । जुडोमा आज विभिन्न सात स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । पौडीमा बिहान हिटचरण र सा“झ फाईनल चरणका खेल हुनेछ । महिला फुटबलमा भारतसंग नेपालले स्वर्णका लागि खेल्नेछ ।
त्यसबाहेक फेन्सीङ, कुस्ती र कब्बडी र बास्केटबलबाट पनि नेपालले स्वर्णको आश गरेको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?