
काठमाण्डौ । १३ औ दक्षिण एसियाली खेलकुद सागको तेस्रो दिन नेपालले थप ८ स्वर्ण जित्दै पदक तालिकामा अग्रता बढाएको छ । नेपालले आज कराते, तेक्वान्दो र उसुमा समान २ तथा ट्रायथलन र एथलेटिक्समा समान एक स्वर्ण हात पारेको हो ।
कराते
करातेको पुरुष ब्यक्तिगत ६७ केजी मुनिको तौलसमुहमा पाकिस्तानका अहमद नासिरलाई ८–६ पराजित गर्दै नेपालका नवीन रसाइलीले स्वर्ण जिते ।
करातेको कुमिते ६७ केजी समूहमा सुनिता महर्जनले स्वर्ण पदक जितेकी हुन् ।
तेक्वान्दो
तेक्वान्दोमा वीर बहादुर महराले स्वर्ण जितेका छन् । पुरुष ६८ केजीमुनी गेरुगीतर्फ महराले स्वर्ण जितेका हुन् । महराले पाकिस्तानका खेलाडी मोहमद फाहिमलाई अंकले पराजित गरे ।
तेक्वान्दोमा काजल श्रेष्ठले स्वर्ण जितेकी छिन् । महिला ४६ केजीको गेरुगीमा काजलले स्वर्ण जितेकी हुन् ।
एथ्लेटिक्स
एथ्लेटिक्सको १० हजार मिटर दौडमा नेपालकी सन्तोषी श्रेष्ठले स्वर्ण जितेकी छिन् । सन्तोषीले ३५ मिनेट ०७ दशमलव ९४ सेकेण्डको समय निकाल्दै स्वर्ण हात पारेकि हुन् ।
उसु
उसुको थाउलो विधा अन्तर्गत पुरुष तर्फ विजय सिञ्जालीले स्वर्ण हात पारे ।
सोहि बिधाको महिलातर्फ सुस्मिता तामाङले स्वर्ण जितिन ।
ट्रायथलन
ट्रायथोलनको स्प्रिन्ट विधाको डुवाथोलन प्रतिस्पर्धामा हिमाल टमाटाले स्वर्ण पदक दिलाए । नेपालकै लक्ष्मण मल्लले रजत हात पारे ।
