Logo

सागको क्रिकेट टोली घोषणा : शरद र बसन्त आउट, भरोसा पारस र सन्दिपकै

ई-खेलकुद २०७६ कात्तिक २८ , बिहीबार ०५:११ मा प्रकाशित

काठमाण्डौ । घरेलु मैदानमा हुने १३ औ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटका लागि टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले ज्ञानेन्द्र मल्लको कमानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीमा पुर्व कप्तान पारस खड्का र सन्दिप लामिछानेलाई पनि समाबेश गरिएको टोलीमा शरद भेषावकर र बसन्त रेग्मी टोली बाहिर रहेका छन् । प्रारम्भिक चरणमा बोलाईएको ३५ खेलाडीबाट १५ खेलाडी र ४ बैकल्पिक गरी नेपाली टोलीको घोषणा गरिएको हो । टोलीमा ज्ञानेन्द्र, पारस र सन्दिपसंगै दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण, केसी, बिनोद भण्डारी र पवन सर्राफ रहेका छन् । यस्तै अबिनाश बोहोरा, ललितनारायण राजवंशी, सन्दिप जोरा, सुसन भारी, आरिफ शेख, कुशल भुर्तेल र रासिद खान रहेका छन् । रोहित कुमार पौडेल, सागर ढकाल र भीम सार्की बैकल्पिक खेलाडीका रुपमा रहेका छन् ।
मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा हुने १३ औ दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा ५ टोलीले मात्र टिम दर्ता गराएका छन् । नेपाल सहित श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्सले मात्र टोली दर्ता गराएका छन् । पाकिस्तान र भारतले भने सहभागीता नजाउने बताएका छन् ।
पुरुष क्रिकेट किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा हुनेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?