Logo

सागको औपचारिक उद्घाटन आज, दशरथ रंगशालामा भब्य तयारी

ई-खेलकुद २०७६ मंसीर १५ , आईतबार १०:१२ मा प्रकाशित

काठमाण्डौ । दक्षिण एसियाली खेलकुद सागको १३ औ संस्करण आज सुरु हुदैछ । सागको जन्मुभुमी नेपालमा तेस्रो पटक हुन लागेको महाकुम्भको राष्ट्रपति बिद्यादेवी भण्डारीले साझ ५ बजे बिशेष समारोहका साथ उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन कार्यक्रमका लागि राजधानी काठमाण्डौको दशरथ रंगशालालाई बेहुलीजस्तै सिंगारिएको छ । २ दशकपछि फर्किएको सागलाई ऐतिहासिक बनाउन नेपालले कुनै कसर बा“कि नराख्ने बताउदै आएको छ । उद्घाटन सत्रमा नेपाली सेना, शसस्त्र प्रहरी तथा विभिन्न सांस्कृतिक समुहका कलाकारले प्रस्तुती दिनेछन् । उद्घाटन सत्रमा हुने मार्चपासमा नेपाली झण्डा भारोत्तोलनका ओलम्पियन कमल बहादुर अधिकारीले बोक्नेछन् ।
सात मुलुकका ३ हजार भन्दा बढि खेलाडीको सहभागीता रहने साग खेलकुदमा यो पटक २६ खेल समावेश गरिएको छ । सुरुवातमा पाराग्लाईडिङलाई समेट्दै २७ खेल राखीएपनि सहभागीको संख्या नपुगेपछि सो खेल अन्तिम समयमा हटाईएको थियो । सागमा क्रिकेटले ८ बर्षपछि पुनरागमन गरेको छ । राजधानी काठमाण्डौसंगै पोखरा र जनकपुरमा हुने सागमा यसपटक ३ सय १७ स्वर्ण समान रजत र ४ सय ८१ कास्यका लागि प्रतिस्पर्धा हुनेछ । १३ औ सागमा सबैभन्दा बढि नेपालका ५ सय ९४ खेलाडीले समाबेश सबै ईभेन्टमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता मंसिर २४ गतेसम्म चल्नेछ ।
औपचारिक उद्घाटन अघि नै महिला र पुरुष भलिबलका स्पर्धा सुरु भईसकेका छन् । आजबाट ब्याटमिन्टन, पुरुष फुटबल र करातेका स्पर्धा सुरु हुनेछन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?