
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत तेक्वान्दोको ८७ केजी तौलको स्पर्धामा नेपालले स्वर्ण जितेको छ । आज भएको प्रतिस्पर्धामा पाकिस्तानी प्रतिद्धन्दीलाई हराउदै नेपालका सक्षम कार्कीले स्वर्ण जितेका हुन् । उनले पाकिस्तानका वाकर अली शाह २७–९ को स्कोरमा पराजित गरे । उनको स्वर्णसंगै साग खेलकुदमा नेपालले १ सयौ स्वर्ण हात पारेको छ ।
तेक्वान्दो अन्तर्गत महिलाको ७३ केजी माथिको समुहमा भने नेपालले रजतमै चिक्त बुझायो । सो स्पर्धामा नेपालकी निशा रावल फाइनलमा पराजित भएकी हुन् । उनी भारतकी रोदाली वर्वासंग ३२–९ को फराकिलो अंकमा पराजित भईन् ।
