Logo

सागको आठौ दिन आज १५ खेलका स्पर्धामा प्रतिस्पर्धा हुदै

ई-खेलकुद २०७६ मंसीर २२ , आईतबार १०:१२ मा प्रकाशित

काठमाण्डौ । १३ औ दक्षिण एसियाली खेलकुद सागको आठौ दिन आज बिभिन्न १५ खेलका स्पर्धामा प्रतिस्पर्धा हुदैछ । आज आर्चरी, बक्सिङ, बास्केटबल, क्रिकेट, फेन्सीङ, फुटबल, ह्याण्डबल, जुडो, पौडी, स्क्वास, सुटिङ, टेनिस, बिच भलिबल, भारोत्तोलन र कुस्तीका प्रतिस्पर्धा हुनेछ । सातौ दिनका खेल सकिदा २ सय १४ स्वर्णको टुंगो लागिसकेको छ । अबका ३ दिनमा थप १ सय ५ स्वर्णका लागि स्पर्धा हुनेछन् । आर्चरी र बक्सीङबाट नेपालले पदकको आश गरेको छ । बक्सिङमा नेपालका ६ बक्सर फाईनलमा पुगेका छन् । त्यस्तै ७ स्वर्णका लागि प्रतिस्पर्धा हुने जुडोको स्पर्धामा ४ महिला र ३ पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । ह्याण्डबलको स्वर्णका लागि नेपाल र भारतबिच प्रतिस्पर्धा हुनेछ । बिच भलिबल र पौडीबाट पनि नेपालले पदिकको आशा गरिएको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?