
काठमाण्डौ । १३ औ दक्षिण एसियाली खेलकुद सागको अन्तिम दिन आज बिभिन्न ५ खेलका स्पर्धामा प्रतिस्पर्धा हुदैछ । आज बक्सिङ, जुडो, बास्केटबल, फुटबल र स्क्वासका स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
बिहान नौबजेबाट सुरु हुने बक्सिङमा आज ८ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । बास्केटबलमा २ स्वर्णको छिनोफानो हुनेछ । पुरुषतर्फको फाईनलमा भारत र श्रीलंका तथा महिलातर्फको फाईनलमा नेपाल र भारतबिच खेल हुनेछ ।
२ स्वर्ण हुने स्क्वासको महिला र पुरुष दुबैको फाईनलमा भारत र पाकिस्तान भिड्नेछन् । आज जुडो र फुटबलमा एक एक स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।
