Logo

सागका लागि सुरक्षा ब्यबस्था कडा, आज जोर बिजोर प्रणाली लागु

ई-खेलकुद २०७६ मंसीर १५ , आईतबार १०:१२ मा प्रकाशित

काठमाण्डौ । दक्षिण एसियाली खेलकुद प्रतियोगीतालाई मध्यनजर गर्दै आयोजनास्थल काठमाण्डौसहित पोखरा र जनकपुरको सुरक्षा अवस्था मजबुत पारिएको छ । प्रतियोगितालाई ब्यबस्थित र शान्तीपुर्ण बनाउन १९ हजार सुरक्षाकर्मी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ । सागमा १० हजार नेपाल प्रहरी परिचालन गरिएको छ । त्यस्तै शसस्त्र र राष्ट्रिय अनुसन्धान विभागका ९ हजार जनशक्ति खटाईएको मन्त्रालयले जनाएको छ । उनीहरुलाई खेल सञ्चालन हुने काठमाण्डौका १२, ललितपुरका ९, पोखराका ८ र जनकपुरको एक स्थानमा परिचालन गरिएको छ । त्यस्तै सागका समयमा हुने ट्राफिक ब्यबस्थापनका लागि राजधानीमा थप ७ सय जनशक्ति परिचालन गरिएको प्रबक्ता एसपी रबी कुमार पौडेलले जानकारी दिनुभयो ।
यसैबिच सागको उद्घाटन कार्यक्रमलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले राजधानी काठमाण्डौमा चल्ने सबारी साधनमा आज जोर बिजोर प्रणाली लागु गरेको छ । उद्घाटनका दिन १५ गते आज बिजोर सबारीलाई मात्र सञ्चालन गर्न प्रहरीले अनुरोध गरेको छ । त्यस्तै प्रतियोगीताको समापन हुने दिन २४ गते जोर नम्बरका सबारी साधन सञ्चालन गर्न दिईने ट्राफिक प्रहरीले जनाएको छ । सरकारी, अत्यावश्यक सेवा, खेलसंग आबद्ध र सञ्चारकर्मीका सवारी साधनमा भने जोर–बिजोर प्रणाली लागु नहुने प्रहरीले जनाएको छ । खेल अवधिभर ठुला मालवाहक सवारी साधनलाई रिङरोड भित्र प्रवेशमा रोक लगाईएको छ । खेल हेर्न सवारी साधन लिएर आउनेहरुको लागि टुडिखेलमा पार्किङको व्यवस्था मिलाइएको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?