
काठमाण्डौ । नेपाल ब्याडमिन्टन संघले १३ औं दक्षिण एशियाली खेलकुदका लागि आजबाट खेलाडी छनोट प्रतियोगिता सुरु गरेको छ । पहिलो चरणमा आठौं राष्ट्रिय खेलकुदबाट छनोट गरिएका १७ पुरुष र १७ महिला खेलाडीहरु परिषदबाट संचालन गरिएको बन्द प्रशिक्षणमा प्रशिक्षणरत थिए ।
सोही प्रशिक्षणरत ३४ खेलाडीहरुबाट १३ औं सागका लागि १० पुरुष र १० महिला खेलाडीहरुको छनोट गर्न लागिएको छनौट कार्यका संयोजक एवं नेपाल ब्याडमिन्टन संघका सचिव नविन विक्रम शाहले जानकारी गराए । प्रतियोगिता लिगका आधारमा खेलाईएको समेत संयोजक शाहले बताए । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भईरहेको प्रतियोगिता तीन दिन सम्म संचालन हुने छ ।
