Logo

सागका लागि बंगलादेश र माल्दिभ्सका २ सय खेलाडी काठमाण्डौमा

ई-खेलकुद २०७६ मंसीर ६ , शुक्रबार ०९:११ मा प्रकाशित

काठमाण्डौ । नेपालमा मंसिर १५ गतेबाट सुरु हुने १३ औ दक्षिण एसियाली खेलकुद सागका लागि बिभिन्न मुलकबाट खेलाडी काठमाण्डौ आउनेक्रम सुरु भएको छ । औपचारिक उद्घाटन अघि नै २ वटा खेल सुरु हुने भएकाले बिभिन्न मुलुकका खेलाडी आउने क्रम सुरु भएको राष्ट्रिय खेलकुद परिषद राखेपले जनाएको छ । राखेप सदस्यसचिव रमेश सिलवालका अनुसार बंगलादेश र माल्दिभ्सका २ सय खेलाडी तथा पदाधिकारी काठमाण्डौ आई सकेका छन् । अन्य मुलकबाट पनि खेलाडीहरु आउने क्रम सुरु भएको उहाले बताउनुभयो । सागका लागि सबै मुलुकबाट ५ हजारभन्दा बढि खेलाडी र पदाधिकारी आउने भएकाले सोहि अनुसारको ब्यबस्थापन गरिएको उहाले बताउनुभयो । खेलाडीलाई राख्न काठमाण्डौमा १ सय होटल बुक गरिएको छ । त्यस्तै पोखरामा ४० र जनकपुरमा १० वटा सुबिधासम्पन्न होटल तयार पारिएको उहा“ले बताउनुभयो । विदेशी खेलाडीलाई मापदण्ड अनुसार सुबिधासम्पन्न होटलमा बसोवासको ब्यबस्थापन मिलाईएको उहा“को भनाई छ ।
राजधानीको दशरथ रंगशालामा मंसिर १५ गते औपचारिक उद्घाटन हुनु अघि ११ गतेबाट भलिबल र १३ गतेबाट उसुको प्रतियोगीता सुरु हुनेछ । उद्घाटनको दिन मंसीर १५ गते थप ४ खेलका प्रतिस्पर्धा सुरु हुने राखेपले जनाएको छ । १५ गते ब्याडमिन्टन, पुरुष फुटबल, करा“ते र महिला पुरुष खोखोका स्पर्धा सुरु हुनेछन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?