Logo

साउथ अफ्रिकाबिरुद्धको दोस्रो टेष्टमा ईण्डियाको शानदार जित

ई-खेलकुद २०७६ असोज २६ , आईतबार ०४:१० मा प्रकाशित

एजेन्सी । वल्र्ड टेष्ट च्याम्पियनसीप अन्तर्गत साउथ अफ्रिकाबिरुद्धको दोस्रो टेष्ट क्रिकेटमा ईण्डियाले शानदार जित हात पारेको छ । पुनेमा भ्रमणकारी टोलीलाई एक ईनिङस र १ सय ३७ रनको फराकिलो अन्तरले हराउदै ईण्डियाले अपराजित यात्रा जारी राखेको हो ।
पहिलो ईनिङसमा २ सय ७५ रनमा समेटिएको साउथ अफ्रिका ३ सय २६ रनले पछि परेपछि फ्लो अनमा परेको थियो । भ्रमणकारी टोली टेष्टको चौथो दिननै १ सय ८९ रनमा समेटिएपछि ईण्डिया शानदार जित निकाल्न सफल बन्यो । डियन ईल्गरले ४८, टेम्बा बाभुमाले ३८ र भर्दोन फिलान्दरले ३७ रन बनाएको ईनिङसमा अन्यले गतिलो ब्याटिङ गर्न सकेनन् ।
ईण्डियाका उमेश यादव र रबिन्द्र जडेजाले समान ३ तथा रबिचन्द्र आश्विनले २ विकेट लिए । ईशान्त शर्मा र महम्मद सामीको नाममा समान एक विकेट रह्यो ।
यसअघि घरेलु टोली ईण्डियाले ५ विकेट गुमाएर ६ सय १ रनमा आफ्नो पहिलो ईनिङस समाप्तीको घोषणा गरेको थियो । खेलमा दोहोरो शतक बनाएका कप्तान बिराट कोहली प्लेयर अफ दि म्याच घोषित भए ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?