Logo

साउथ अफ्रिकाबिरुद्धको टेष्ट ईण्डियाद्धारा क्लिन स्विप

ई-खेलकुद २०७६ कात्तिक ५ , मंगलबार ०२:१० मा प्रकाशित

एजेन्सी । साउथ अफ्रिकाबिरुद्धको टेष्ट सिरिज घरेलु टोली ईण्डियाले क्लिन स्विप गरेको छ । तेस्रो तथा अन्तिम टेष्टमा एक ईनिङस २ सय २ रनको फराकिलो जित निकाल्दै ईण्डियाले ३ म्याचको टेष्ट सिरिज क्लिनस्विप गरेको हो ।
फ्लो अनमा परेको भ्रमणकारी साउथ अफ्रिकाले दोस्रो ईनिङसमा १ सय ३३ रन मात्र बनाएपछि ईण्डिया फराकिलो जित निकाल्न सफल बन्यो । ८ विकेट गुमाएर १ सय ३२ रनको अवस्थाबाट चौथो दिनको खेल थालेको साउथ अफ्रिकाले १ रन बनाउदा बाँकि विकेट गुमाएको थियो । पहिलो ईनिङसमा उसले १ सय ६२ रन जोडेको थियो ।
ओपनर क्विन्टन डी कक ५,कप्तान फाफ डु प्लेसिस ४,तेम्बा बुभवा डक,जर्ज लिन्डे २७ र डेन २३, कागिसो रबाडा १२, देयूनिस डी ब्रुइन ३० रनमा आउट भए । ईण्डियाका मोहम्मद शामीले ३, उमेश यादव र शहबान नदीमले समान २ विकेट लिए । रविचन्द्र आश्विन र रविन्द्र जडेजाको नाममा समान १ विकेट रह्यो ।
ईण्डियाले ९ विकेट गुमाएर ४ सय ९७ रनमा ईनिङस समाप्तीको घोषणा गरेको थियो । उसका लागि रोहित शर्माले २ सय १२ र अजिंक्या रहाणेले १ सय १५ रनको योगदान दिए ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?