Logo

साउथहेम्प्टनसंग लेष्टरको बराबरी

ई-खेलकुद २०७८ वैशाख १८ , शनिबार ०७:०५ मा प्रकाशित

एजेन्सी । ईङलिश प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा साउथहेम्प्टन र लेष्टर सिटीले एक एक गोलको बराबरी खेलेका छन् । साउथहेम्प्टनको मैदानमा खेलको सुरुवातमै १० खेलाडीमा समेटिएको साउथहेम्प्टनले लेष्टरसंग अंक बाँडेको हो । १० औ मिनेटमा जान्नीक भेष्टरगार्डले रातो कार्ड खादै मैदान छड्न बाध्य भएपछि सुरुवातमै घरेलु टोली १० खेलाडीमा झरेको थियो । २ सय ५२ खेलको फुटबल करियरमा भेष्टरगार्डले पहिलो पटक रातो कार्ड खाएका हुन् ।
खेलमा अधिकांश समय लेष्टरको दबाव खेपेपनि साउथहेम्प्टनको रक्ष्ाँपक्तिले उत्कृष्ट प्रर्दशन गरेको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ६१ औ मिनेटमा घरेलु टोलीले खेलमा अग्रता बनाएको थियो । वार्ड प्रोसेले पेनाल्टिमार्फत गोल गर्दै साउथहेम्प्टनलाई अग्रता दिलाए । तर उसको अग्रता लामो समय रहन सकेन् । ६८ औ मिनेटमा जोनी ईभान्सले गोल गर्दै लेष्टरलाई बराबरीमा पुर्याए । त्यसपछिको समयमा दुबै टोलीले थप गोल गर्न नसक्दा सोहि नतिजा निर्णायक बन्यो ।
बराबरीपछि लेष्टर ६३ अंकमा तालिकाको तेस्रो स्थानमा कायम छ । साउथहेम्प्टन ३७ अंकमा १४ औ स्थानमा रहेको छ ।

प्रिमियर लिग लेष्टर सिटी

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?