Logo

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज पनि २ खेल हुने

ई-खेलकुद २०७६ पुस २ , बुधबार ०७:१२ मा प्रकाशित

काठमाण्डौ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज पनि २ खेल हुदैछन् । आज थ्रीस्टार क्लब र जावलाखेल युथ क्लब तथा मनाङ मस्र्याङदी र विभागीय नेपाल एपीएफ क्लब प्रतिस्पर्धा गर्नेछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा मध्यान्ह साढे १२ बजे मैदानमा उत्रदा थ्रीस्टार र जावलाखेल दुबै प्रतियोगिताको सुखद सुरुवातको लक्ष्यमा रहनेछन् । टोलीमा ब्यापक परिवर्तन गर्दै नयाँ सेट तयार पारेका दुबै टोली पहिलो खेलबाटै अंक जोड्ने लक्ष्यमा हुनेछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो साढे २ बजे विभागीय टोली एपीएफबिरुद्ध मैदान उत्रदा डिफेण्डिङ च्याम्पियन मनाङ अघिल्लो सिजनकै लय कायम राख्ने दाउमा हुनेछ । तर अधिकांश खेलाडीले क्लब छाडेपछि मनाङमाथी दबाव थपिएको छ । विभागीय टोली एपीएफ भने लिगमा सुरुवातबाटै आफ्नो प्रभाव कायम राख्न चाहान्छ ।
यसअघि हिजो भएका खेलमा पुलिस र हिमालयन शेर्पाले गोलरहित बराबरी खेल्दा, सरस्वतीबिरुद्ध एनआरटी ४–० ले विजयी भएको थियो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?