
काठमाण्डौ । सहिद स्मारक ए डिभिजन लिग आज सुरु हुदैछ । १४ ए डिभिजन क्लबले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको उद्घाटन खेलमा मछिन्द्र क्लब र ब्रिगेड व्वाईज क्लब आमने सामने हुनेछन् । अपरान्ह ३ बजे दरशथ रंगशालामा खेल हुने तय भएपछि रंगशालाको मैदान हिलाम्मे भएपछि खेल सातदोबाटो सारिएको छ । यी २ टोलीबिचको खेल सोहि समयमा एन्फा कम्प्लेक्समा हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
फागुन ३ गतेसम्म चल्ने प्रतियोगितामा कुल ९१ खेल हुनेछन् । यसपटकको लिगमा एक टोली रेलिगेशनमा पर्नेछ । लिगको उपाधि विजेताले ५० लाख, उपविजेताले ३५ लाख र तेस्रोले २५ लाख रुपैया हात पार्नेछन् ।
