Logo

सहिद स्मारक ए डिभिजन लिगमा आज आर्मी र फ्रेण्ड्स तथा च्यासल र संकटा भिड्ने

ई-खेलकुद २०७६ मंसीर ३० , सोमबार ०९:१२ मा प्रकाशित

काठमाण्डौ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज त्रिभुवन आर्मी र फ्रेण्ड्स तथा संकटा र च्यासल युथ क्लबबिच प्रतिस्पर्धा हुनेछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा मध्यानह १२ बजे मैदान उत्रदा विभागीय टोली आर्मी अंक जोड्ने लक्ष्यमा रहेको छ । तर जारी सिजन राम्रा खेलाडीलाई अनुबन्धन गरेको फ्रेण्ड्सको चुनौती आर्मीलाई सहज भने हुने छैन् ।
दिउ“सो साढे २ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा संकटा र च्यासल आमने सामने हुनेछन् । दुबै टोली पहिलो खेलबाटै अंक हात पार्ने योजनामा रहेका छन् । तर अघिल्लो सिजनको लिगमा उपविजेता बनेको संकटाबिरुद्धको खेल च्यासललाई त्यत्ति सहज छैन् ।
यसअघि लिगको उद्घाटन खेलमा मछिन्द्र फुटबल क्लबले ब्रिगेड ब्वाईज क्लबलाई २–० ले हराउदै सिजनको सुखद सुरुवात गरेको थियो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?