Logo

सहिद स्मारक ए डिभिजन लिगमा आज संकटा र पुलिस तथा आर्मी र थ्रीस्टार भिड्दै

ई-खेलकुद २०७६ पुस १६ , बुधबार ०९:०१ मा प्रकाशित

काठमाण्डौ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज चौथो चरणका थप २ खेल हुदैछन् । आज संकटा क्लब र विभागीय नेपाल पुलिस तथा त्रिभुवन आर्मी र थ्रीस्टार क्लबबिच प्रतिस्पर्धा हुनेछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहान साढे ११ बजे मैदान उत्रदा संकटा र पुलिस दुबै टोली दोस्रो जितको खोजीमा हुनेछन् । समान ४ अंकभएपनि पुलिस तालिकाको आठौ र संकटा १० औ स्थानमा रहेका छन् । आजको विजेताले शीर्ष ५ मा स्थान बनाउनेछ ।
सोहि मैदानमा दिउ“सो ३ बजे आर्मी र थ्रीस्टार आमने सामने हुनेछन् । जारी सिजनको लिगमा अपराजित रहेको थ्रीस्टार तेस्रो जितसंगै शीर्ष स्थानको मनाङसंग अंक बराबरी गर्ने योजनामा छ । ६ अंकमा पाँचौ स्थानमा रहेको विभागीय आर्मी पनि थ्रीस्टारलाई हराउदै शीर्ष टोलीमाथी दबाव बढाउने दाउमा रहेको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?