Logo

सहिद स्मारक ए डिभिजन लिगमा आज एनआरटी र मछिन्द्र तथा मनाङ र फ्रेण्ड्स भिड्दै

ई-खेलकुद २०७६ पुस १४ , सोमबार ०७:१२ मा प्रकाशित

काठमाण्डौ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आजबाट चौथो चरणमा खेल सुरु हुदैछन् । चौथो चरणको पहिलो दिन आज २ खेल हुनेछन् । आजको पहिलो खेलमा बिहान साढे ११ बजे न्युरोड टिम एनआरटी र मछिन्द्र फुटबल क्लब प्रतिस्पर्धा गर्नेछन् । सुरुवाती ३ मध्ये २ खेलमा जित र एकमा बराबरीको नतिजा निकालेको मछिन्द्र तेस्रो जितसंगै शीर्ष स्थानमा पुग्ने योजनामा रहेको छ । ४ अंकमा तालिकाको छैठौ स्थानमा रहेको एनआरटी तेस्रो जितसंगै शीर्ष तीनमा पुग्न चाहान्छ । यी दुई टोलीबिचको प्रतिस्पर्धा ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ ।
सोहि मैदानमा दिउँसो ३ बजे मनाङ मस्र्याङदी र फ्रेण्ड्स क्लब प्रतिस्पर्धा गर्नेछन् । अघिल्ला तीनै खेलमा जित निकालेको मनाङ चौथो जितसंगै अपराजित यात्रा जारी राख्ने योजनामा छ । अंकबिहिन रुपमा तालिकाको १३ औ स्थानमा रहेको फ्रेण्डस सिजनको पहिलो अंक जोड्ने लक्ष्यमा छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?