Logo

सहिद स्मारक ए डिभिजन लिगमा आज २ खेल हुदै

ई-खेलकुद २०७६ पुस ४ , शुक्रबार ०६:१२ मा प्रकाशित

काठमाण्डौ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज २ खेल हुदैछन् । आज च्यासल युथ क्लब र मछिन्द्र फुटबल क्लब तथा ब्रिगेड ब्वाईज र फ्रेण्ड्स क्लब आमने सामने हुनेछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मध्यान्ह १२ बजे हुने आजको पहिलो खेलमा च्यासल र मछिन्द्र भिड्ने छन् । पहिलो खेलमा जित निकालेका दुबै टोली दोस्रो खेलमा पनि सोहि लय कायम गर्ने योजनामा रहेका छन् । सिजनको बलिया टोलीका रुपमा रहेका यी दुबै टोलीले राष्ट्रिय टोलीका खेलाडीलाई समेट्दै टिम सेट तयार पारेका छन् । उपाधि दाबेदार मछिन्द्रबिरुद्ध मैदान उत्रदा च्यासल स्वाभाविक खेलसंगै अंक जोड्ने उदेश्यमा रहनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बजे मैदान उत्रदा ब्रिगेड र फ्रेण्ड्सको लक्ष्य पहिलो अंक हात पार्नु हुनेछ । पहिलो खेलमा हार भोगेका दुबै टोली दोस्रो खेलबाट अंक जोड्ने लक्ष्यमा रहेका छन् । सन्तुलित टिम तयार पारे पनि पहिलो खेलमा दुबै टोलीले हार भोगेका थिए ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?