Logo

सहिद स्मारक ए डिभिजन लिगमा मनाङको विजयी सुरुवात

ई-खेलकुद २०७६ पुस २ , बुधबार ०५:१२ मा प्रकाशित

काठमाण्डौ । डिफेण्डिङ च्याम्पियन मनाङ मस्र्याङदी क्लवले सहिद स्मारक ए डिभिजन लिगमा विजयी सुरुवात गरेको छ । आज भएको खेलमा विभागीय नेपाल एपीएफलाई २–० ले हराउदै मनाङले सिजनमा सुखद सुरुवात गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मनाङलाई जित दिलाउन दुबै गोल विमल रानाले गरे । खेलको २८ औं मिनेटमा पहिलो गोल गरेका विमलले ३४ औ मिनेटमा अग्रता दोब्बर पारेका थिए ।
खेलमा अधिकांश समय एपीएफमाथी दबाव बनाएको मनाङले पाएका अन्य अवसर भने खेर फालेको थियो । दोस्रो हाफमा संयमित खेल खेलेको एपीएफले मनाङको पोष्टमा केहि आक्रमण गरेपनि सफल हुन सकेन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?