Logo

सहिद स्मारक ए डिभिजन लिगमा जाबलाखेलसंग थ्रीस्टारको बराबरी

ई-खेलकुद २०७६ पुस २ , बुधबार ०४:१२ मा प्रकाशित

काठमाण्डौ । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल अन्तर्गत आजको पहिलो खेल गोलरहित बराबरीमा सकिएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा थ्रीस्टार र जावलाखेल युथ क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले गोल गर्ने केहि राम्रा मौका पाएपनि सदुपयोग भने गर्न सकेनन् । बराबरीसंगै दुवै टोलीले एक अंकबाट सिजनको सुरुवात गरेका छन् ।
अग्रपक्तिका खेलाडीले लगातार गल्ती गर्दा दुबै टोलीले बललाई जाली चुमाउन नसकेका हुन् । अघिल्लो सिजनको तुलनामा सुधारिएको खेल खेलेको जावलाखेलले पनि थ्रीस्टारबिरुद्ध राम्रा मौका खेर फालेको थियो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?