Logo

सहिद स्मारक ए डिभिजन लिगमा पुलिस र हिमालयन शेर्पाको बराबरी

ई-खेलकुद २०७६ पुस १ , मंगलबार ०५:१२ मा प्रकाशित

काठमाण्डौ । सहिद स्मारक ए डिभिजन लिग फुटबलको आजको दोस्रो खेल गोलरहित बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा विभागीय नेपाल पुलिस र हिमालयन शेर्पा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।
पहिलो हाफमा निक्कै आक्रामक फुटबल खेलेको पुलिसले शेर्पाको पोष्टमा केहि राम्रा प्रयास गरेपनि सफल हुन सकेन् । दोस्रो हाफमा लय समाएको शेर्पाले गोल गर्ने अवसर प्राप्त गर्न नसकेपनि पुलिसलाई दबावमा राखेको थियो । खेलमा शेर्पाका आशिष गुरुङ म्यान अफ दि म्याच घोषित भए ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?