Logo

सहिद स्मारक ए डिभिजन लिगमा आर्मीको विजयी सुरुवात

ई-खेलकुद २०७६ मंसीर ३० , सोमबार ०४:१२ मा प्रकाशित

काठमाण्डौ । विभागीय टोली त्रिभुवन आर्मी क्लबले सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ । आज भएको खेलमा फ्रेन्ड्स क्लबलाई २–१ गोल अन्तरले हराउदै आर्मीले लिगमा सुखद सुरुवात गरेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नवयुग श्रेष्ठ र दिनेश हेम्जनले गोल गर्दै आर्मीलाई जित दिलाए । फ्रेन्ड्सका शक्ति राईले गोल फर्काए । खेलको तेस्रो मिनेटमा नवयुगको गोलबाट अग्रता बनाए पनि फ्रेण्ड्सले ५० औं मिनेटमा खेल बराबरीमा ल्याएको थियो । खेलको ८१ औं मिनेटमा दिनेशले गोल गर्दै आर्मीको जित निश्चित पारे ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?