Logo

सरस्वतीलाई हराउदै एपीएफको पहिलो जित

ई-खेलकुद २०७६ पुस १७ , बिहीबार ०४:०१ मा प्रकाशित

काठमाण्डौ । विभागीय नेपाल एपीएफले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको छ । चौथो चरणको खेलमा सरस्वती युथ क्लब क्लबलाई २–१ ले हराउदै एपीएफले ३ अंक जोडेको हो ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा एपीएफलाई जिताउन दुबै गोल आसिस लामाले गरे । खेलको ६३ औ मिनेटमा लामाले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । ईन्ज्युरी समयमा उनैले एपीएफको अग्रता दोब्बर पारेका थिए । लगत्तै सरस्वतीले गोल गर्दै अन्तर घटाएपनि अंकका लागि भने पर्याप्त हुन सकेन् । बिनोद केसीले सरस्वतीका लागि सान्तवना गोल फर्काए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा एपीएफले दबावपुर्ण खेल खेल्दै जित निकालेको हो । ४ खेलबाट ४ अंक जोडेको एपीएफ तालिकाको दशौ स्थानमा रहेको छ । जारी सिजन सरस्वतीको यो लगतार चौथो हार हो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?