
चितवन । विभागीय नेपाल पुलिस क्लब चितवनमा जारी जेसिज बिकास रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको अघिल्लो चरणमा प्रबेश गरेको छ ।
आज भएको खेलमा सरस्वती क्लबलाई ५–० को फराकिलो अन्तरले हराउदै पुलिसले अघिल्लो चरणमा स्थान बनाएको हो । भरतपुर स्थित क्याम्पा चौर मैदानमा पुलिसलाई जिताउन सुमन लामाले ह्याट्रिक गरे । निरकुमार राई र हेम तामाङले एक एक गोल थपे ।
एकपक्षिय खेलमा सरस्वतीबिरुद्ध अधिकांश समय दबाव बनाएको पुलिसले बिपक्षीलाई भने कुनै मौका दिएन् । खेलमा पुलिसका ह्याट्रिकर्ता सुमन लामा म्यान अफ द म्याच घोषित भए । उनले १० हजार प्राप्त गरे । प्रतियोगिता अन्तर्गत भोली विभागीय एपिएफ क्लबले झापा–११ को सामना गर्नेछ । नारायणगढ जेसीजको आयोजनामा जारी प्रतियोगितामा कुल १० टोलीको सहभागिता रहेको छ । विजेताले उपाधिसहित नगद ६ लाख ६ हजार ६ सय ६६ र उपविजेताले ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्नेछ ।
