Logo

सरकारले ऐतिहासिक स्वर्ण विजेता महिला भलिवल टोलीका सदस्यलाई जनहि ३ लाख दिने

ई-खेलकुद २०७६ कात्तिक २९ , शुक्रबार ०५:११ मा प्रकाशित

काठमाण्डौ । बंगलादेशमा सम्पन्न एभीसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसीपको स्पर्ण विजेता नेपाली महिला भलिबल टोलीलाई सरकारले नगद सहित सम्मान गर्ने भएको छ । भलिबल ईतिहासमा पहिलो स्वर्ण जितेको महिला भलिबल टोलीलाई सरकारले जनहि ३ लाख नगद सहित सम्मान गर्ने भएको हो । टोलीको स्वागत गर्दै राखेप सदस्य सचिव रमेश सिलवालले विजेता टोलीका सबै सदस्यलाई सरकारले ३ लाख नगद सहित सम्मान गर्ने घोषणा गर्नुभयो ।
प्रतियोगीता भर नेपालले एक सेट पनि नगुमाई उपाधि हात पारेको थियो । उपाधि सहित नेपाली टोली आज स्वदेश फर्किएको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?