Logo

सरकारलाई रंगशाला निर्माणको अपनत्व लिन धुर्मुसको आग्रह

ई-खेलकुद २०७८ कात्तिक ३० , मंगलबार ०६:११ मा प्रकाशित

काठमाडौं । चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट मैदानको निर्माणको अपनत्व लिन धुर्मुस सुन्तली फाउण्डेशनले सरकारलाइ आग्रह गरेको छ । फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले एक भिडियो सन्देश जारी गर्दै आर्थिक अभावका कारण रंगशाला निर्माणको काम गर्न नसक्ने जनाउदै रंगशाला निर्माणको पहल कदमी लिन अपिल गरेका हुन् । उनले तीनै तहका सरकारलाई निर्माणको बाँकी कामको अपनत्व लिन आग्रह गरेका छन् । आर्थिक समस्याका कारण रंगशाला निर्माण कार्य रोकिएको बताउँदै सरकारले सहयोग नगरे अलपत्र पर्ने जनाउ दिएका हुन् । रंगशाला निर्माणको क्रममा १७ करोड रुपैयाँभन्दा बढी ऋण लागेको भन्दै वयक्तिगत पहलमा आगामी काम अघि बढ्न नसक्ने उल्लेख गरेका छन् । फाउण्डेशनले जनस्तरबाट आर्थिक रकम जुटाएर रंगशाला निर्माण गरिरहेको थियो । फाउण्डेशन आर्थिक अभावमा परेपछि चार महिनाबाट रंगशाला निर्माण रोकिएको छ ।
आफुहरु रंगशाला निर्माणको कामको जिम्मेबारीबाट पछि नहट्ने भन्दै उनले सरकारी सहयोगबिना रंगशाला निर्माणको काम पुरा हुन नसकिने भएकले सहयोगको अपिल गरेको बताएका हुन् । भरतपुर नगरपालिकाले उपलब्ध गराएको २० बिघा जग्गामा रंगशाला निर्माण भईरहेको छ ।

https://www.facebook.com/dhurmussuntalifoundation/videos/495318044882642


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?