Logo

सरकारद्वारा भलिबल टोलीलाई नगदसहित सम्मान

ई-खेलकुद २०७८ माघ २१ , शुक्रबार ०३:०२ मा प्रकाशित

काठमाडौं । सरकारले बंगबन्धु एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपका विजेता राष्ट्रिय महिला भलिबल टोलीलाई आज सम्मान तथा पुरस्कार प्रदान गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय महिला भलिबल टोलीका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगदसहित सम्मान गरेका हुन्। उक्त प्रतियोगिता बंगलादेशको राजधानी ढाकामा गत पुस ६ देखि १६ गतेसम्म सञ्चालन भएको थियो।
प्रधानमन्त्री देउवाले उपाधि विजेता टोलीका १२ जना खेलाडीलाई जनही ५ लाख प्रदान गरे । यस्तै २ जना प्रशिक्षकलाई जनही ३ लाख र १ जना अफिसियललाई २ लाख नगदले पुरस्कृत गरेको छ । नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै नेपालको महिला टिम च्याम्पियन बनेको थियो । नेपाल लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । भलिबल टोलीले राष्ट्रको गौरव बढाएको भन्दै सरकारले कदरस्वरुप पुरस्कार र सम्मान प्रदान गरेको हो। कार्यक्रमा प्रधानमन्त्री देउवाले खेलकुद देशको नाम र प्रतिष्ठालाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने महत्वपूर्ण र प्रभावकारी माध्यम भएको भन्दै खेलाडीको सुविधा विस्तारको विषयमा आवश्यक व्यवस्था मिलाउन सरकारले पहल गर्ने बताए। ‘
डीले सफलता प्राप्त गर्न प्रयासरत रहनुहुनेछ भन्ने अपेक्षा लिएको छु’, उनले भने। त्यस्तै युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले पुरस्कारले खेलाडीमा जिम्मेवारी थपिएको उल्लेख गर्दै नेपाललाई विश्व समुदायको जनस्तरसँग जोड्न खेलाडीको महत्वपूर्ण भूमिका रहेको बताए। उनले भलिबलको कभर्डहल निर्माणका लागि आगामी बजेटमा सम्बोधन गर्न प्रधानमन्त्री देउवासमक्ष अनुरोध समेत गरे।
सरकारले विश्व ब्याडमिन्टनको वरियातामा शीर्ष स्थानमा रहन सफल प्रिन्स दाहाल र साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुग्न सफल नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई पनि सम्मान गरेको छ। सरकारले फुटबल टोलीलाई यसअघि नै पुरस्कृत गरिसकेको छ । त्यतिबेला मुख्य प्रशिक्षक अल्मुताइरी अनुपस्थित रहेका कारण उनलाई आज सम्मान गरेको हो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?