Logo

सयौ खेलमा ब्रिगेडको संर्घषपुर्ण जित, विजयको गोल निर्णायक

ई-खेलकुद २०७६ पुस १५ , मंगलबार ०५:१२ मा प्रकाशित

काठमाण्डौ । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल अन्तर्गत आजको दोस्रो खेलमा ब्रिगेड ब्वाईज क्लब बिजयी भएको छ । टोलीको एक सयौ खेलमा उसले हिमालयन शेर्पा क्लबलाई १–० ले पराजित गरेको हो ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा खेलको १७ औ मिनेटमा विजय गुरुङले गरेको गोल निर्णायक बन्यो । डिबक्स बाहिरबाट गरेको प्रहार शेर्पाका खेलाडीले क्लियर गर्न नसक्दा गोलमा परिणत भएको थियो ।
प्रतिस्पर्धात्मक खेलमा शेर्पाले खेलमा दबाव बनाएपनि गोल गर्ने अवसरको भने सदुपयोग गर्न सकेन् । जितसंगै ब्रिगेड ६ अंकमा तालिकाको छैठौ स्थानमा उक्लिएको छ । समान खेलबाट २ अंक जोडेको शेर्पा ११ औ स्थानमा रहेको छ । खेलमा ब्रिगेडका गोलरक्षक बिशाल सुनार म्यान अफ दि म्याच घोषित भए ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?