Logo

सन् २०२० मा नेपाली क्रिकेट हालसम्मकै व्यस्त तालिकामा

ई-खेलकुद २०७६ पुस १६ , बुधबार ०८:०१ मा प्रकाशित

काठमाण्डौ । नेपाली क्रिकेट टोली सन् २०२० मा निक्कै व्यस्त रहने भएको छ । एक दिवसीय विश्वकप छनोटका रुपमा रहेको लिग टु का ४ सिरिजसंगै एसीसी र अन्य तालिकाका कारण नेपाली टोलीको व्यस्तता सन् २०२० मा निक्कै बढ्ने देखिएको हो ।
बर्षको सुरुवातमै नेपालले घरेलु मैदानमा मलेसीयाको राष्ट्रिय टोलीसंग केहि खेल खेल्दै बर्षको सुरुवात गर्नेछ । जनवरी तेस्रो साता पोखरामा नेपाल र मलेसीयाबिच खेल हुने छ । मलेसीयाले नेपालसंग २ खेलको वन डे र समान खेलको टी–२० सिरिज खेल्न प्रस्ताव गरेको छ । नेपालले त्यसबारे आधिकारीक निर्णय गरेको छैन् । यद्यपी मलेसीयासंग खेल भने हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । त्यसलगत्तै फ्रेब्रुअरी पहिलो साताबाट लिग टुको पहिलो सिरिजको रुपमा नेपालले ओमान र अमेरिकासंग खेल्नेछ । त्यो सिरिजमा नेपालले कुल ४ खेल खेल्नेछ ।
फ्रेबुअरी अन्तिम साता नेपाली टोली एसिया कप छनोटको पुर्बी क्षेत्रको प्रतियोगिता खेल्न थाईल्याण्ड जानेछ । ८ राष्ट्रले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा सेमिफाईनल र फाईनलबाहेक नेपालले ३ खेल खेल्नेछ ।
मार्च महिनामा हालसम्म कुनै तालिका नभएपनि केहि मुलुकसंग सिरिज खेल्ने संभावना रहेको छ । अप्रिल तेस्रो साताबाट नेपालले नामिबियाको भ्रमण गर्नेछ । त्यहा घरेलु टोली र स्कटल्याण्डसंग २–२ गरी ४ खेल खेल्नेछ ।
त्यस्तै जुन दोस्रो साता युएई र नेपालले पपुवा न्यु गीनी पीएनजीको भ्रमण गर्नेछन् । त्यहा ४ खेल खेलेर नेपाली टोली स्कटल्याण्ड पुग्नेछ । स्कटल्याण्डमा नेपाल र नामिबियाले घरेलु टोलीसंग प्रतिस्पर्धा गर्नेछन् ।
अगष्टमा मलेसियामा हुने एसियाकप छनोटमा पनि नेपालको सहभागीता निश्चित जस्तै छ । थाईल्याण्डको सब रिजनल छनोट पार गरे नेपालले एसियाकपको छनोट खेल्नेछ । त्यसमा आउने नतिजाका आधारमा पाकिस्तानमा हुने प्रतियोगितामा नेपालको भविश्य निक्र्योल हुनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?