Logo

सन्दिप लामिछाने आईपीएल अक्सनमा अनसोल्ड !

ई-खेलकुद २०७७ फागुन ६ , बिहीबार ०६:०२ मा प्रकाशित

काठमाण्डौ । आसन्न १४ औ संस्करणको ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको अक्सनमा नेपाली लेगस्पिनर सन्दिप लामिछाने अनसोल्ड भएका छन् । भारतको चेन्नईमा जारी खेलाडी छनोट प्रक्रियामा सन्दिपलाई कुनै टोलीले भाउ नलगाएका हुन् । सन्दीपको न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ थियो । मिनी अक्सनमा सन्दिपलाई कुनै टोलीले लिने रुची नदेखाएपनि कुनै टोलीको आग्रहमा अक्सनमा आउने बाटो भने खुल्लै छ । अनसोल्ड भएका खेलाडी अन्तिम समयमा विक्री भएमा बेस प्राईसमा टोलीले लिन सक्ने प्राबधान छ ।
लगातार तीन सिजन दिल्ली क्यापिटल्सबाट आईपीएल खेलेका सन्दिपलाई यसै सिजन टोलीले फुकुवा दिएको थियो । सन्दीपले दिल्लीबाट तीन सिजन विताउँदै कुल ९ खेलमा १३ विकेट लिएका थिए ।

आईपीएल सन्दिप

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?