Logo

सन्दिप लंका प्रिमियर लिगको ड्राफ्टमा

ई-खेलकुद २०७८ असार १९ , शनिबार ०६:०७ मा प्रकाशित

काठमाण्डौ । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने लंका प्रिमियर लिग (एलपिएल) को ड्राफ्ट सूचिमा परेका छन् । जुलाई अन्तिमबाट सुरु हुने लिगका लागि श्रीलंका क्रिकेट बोर्डले सार्बजनिक गरेको सुचीमा नेपालका सन्दिप अटाएका हुन् ।
टि–२० फ्रेन्चाइज लिगको ड्राफ्टमा सन्दीपसँगै बंगलादेशका अलराउन्डर सकिब अल हसन, दक्षिण अफ्रिका तबरेज शाम्सी, रासी भान डर डुसेन वेस्ट इन्डिजका शेल्डन कटरेल लगायतका खेलाडी ड्राफ्टमा छन् । भारतीय पूर्व अलराउन्डर युसुफ पठान र ईरफान पठानसहित वेस्ट इन्डिजका विकेटकिपर ब्याट्सम्यान निकोलस पुरन, शेर्फान रदरफोर्ड पनि सुचीमा परेका छन् । दोस्रो संस्करणको लंका प्रिमियर लिग आगमी जुलाई ३० देखि २२ अगष्ट सम्म श्रीलंकामा चल्ने छ । ड्राफ्टको मिति सार्वजनिक गरिएको छैन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?