Logo

सन्दिप र होबर्टबिच औपचारिक सम्झौता

ई-खेलकुद २०७७ मंसीर ४ , बिहीबार ०८:११ मा प्रकाशित

काठमाण्डौ । नेपाली लेग स्पिनर सन्दिप लामिछानेलाई होबर्ट हुरिकेन्सले औपचारिक रुपमै टोलीमा अनुबन्धन गरेको छ । आसन्न अष्ट्रेलियन बिगबास क्रिकेट लिग बिबिएलको लागि होबर्टले विदेशी खेलाडीको रुपमा सन्दिपलाई टोलीमा भित्र्याएको हो । टोलीसंगको अनुबन्धनसंगै सन्दिपले लगातार तेस्रो सिजन बिगवास खेल्ने भएका छन् । यसअघिका २ सिजन उनले मेलवर्न स्टार्सबाट लिग खेलेका थिए ।
होबर्टले आज आफ्ना विदेशी खेलाडीको नाम सार्बजनिक गरेको हो । टोलीका प्रशिक्षक एडम ग्रीफ्टले सन्दिपको आगमनले टोली थप बलियो भएको बताए । सन्दिपले जस्तो सुकै परिस्थितीमा पनि खेल परिवर्तन गर्न सक्ने एडमको भनाई छ ।
यो सिजनको बिग वास लिग आगामी डिसेम्बर १० बाट सुरु हुनेछ । नयाँ सिजनमा हरेक टोलीले ३ विदेशी खेलाडीलाई एकै साथ मैदान उतार्न पाउने नियम बनाईएको छ ।

बिगबास सन्दिप

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?