Logo

सन्दिप पीएसएलको ड्राफ्टमा, प्लाटिनम श्रेणीमा उनीसहित २८ खेलाडी

ई-खेलकुद २०७६ कात्तिक २८ , बिहीबार १०:११ मा प्रकाशित

काठमाण्डौ । नेपाली क्रिकेट टोलीमा लेगस्पिनर सन्दिप लामिछाने पाकिस्तन सुपर लिग क्रिकेट पीएसएलको ड्राफ्टमा परेका छन् । पीएसएलले सार्बजनिक गरेको २८ विदेशी खेलाडीको सुचीमा नेपालका सन्दिपपनि अटाएका हुन् । उनलाई प्लाटिनम श्रेणीमा राखीएको छ । जसको न्युनतम मुल्य १ लाख ४७ हजार देखी अधिकतम मुल्य २ लाख १८ हजार अमेरिकी डलर तोकिएको छ । डिसेम्बर पहिलो साता हुने ड्राफ्टमार्फत ती खेलाडीमाथी टोलीको भाउ लाग्नेछ ।

एक टोलीले ५ विदेशी खेलाडी राख्न पाउने नियम छ जसमा प्लाटिनम श्रेणीका ३ खेलाडी राख्न पाउनेछन् । यो सुचीमा जासन रोए, किरन पोलार्ड, हासिम अम्ला, क्रिस लियोन, रासिद खान, डवान ब्राभो, मोईन अली, ईभिन लिविन, तिसरा परेरा र ईमरान ताहिर लगायतका खेलाडी रहेका छन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?