Logo

सन्दिपले ट्रिन्बागो नाईट राईडर्सबाट सिपिएल खेल्ने

ई-खेलकुद २०७८ जेठ ११ , मंगलबार ०३:०५ मा प्रकाशित

काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले ट्रिन्बागो नाईट राईडर्सबाट क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट खेल्ने भएका छन् । नाईट राईडर्सले आगामी सिजनको लिगका लागि सन्दीपलाई आफ्नो टोलीमा राखेको हो ।
सीपीएलले आज सन्दीपलाई टोलीमा अनुबन्धन गरेको जनाएको छ । योसंगै सन्दिपले चौथो सिजन सिपिएल खेल्ने भएका छन् । अघिल्लो सिजन उनले जमैका तलावाजबाट प्रतियोगीता खेलेका थिए । २०२१ को सीपीएल क्रिकेट अगस्ट २८ बाट सुरु हुनेछ । सेट किट्स एण्ड नेभिसमा आयोजना हुने सीपीएलको फाइनल सेप्टेम्बर १९ मा हुनेछ । ३३ खेलको प्रतियोगीता यस बर्ष दर्शकबिहिन रुपमा गराउने आयोजकको तयारी रहेको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?