Logo

सन्दिपले कमाएका समर्थक र त्यो भावुकता……

ई-खेलकुद २०७६ पुस ७ , सोमबार ०६:१२ मा प्रकाशित

काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दिप लामिछाने यतिबेला बिग बास क्रिकेट लिग खेल्न अष्ट्रेलियामा रहेका छन् । विश्वचर्चित क्रिकेटरको जमघट रहेको बिग बासमा उनले एसोसिएट राष्ट्रको प्रतिनिधित्व गरिरहेका छन् । अघिल्लो सिजनमा पनि मेलबर्न स्टार्सको जर्सीमा बिग बास खेलेका सन्दिप दोस्रो पटक लिगमा देखा पर्दा उनका फ्यान फ्लोअर्स पनि निक्कै बढेका छन् । अष्ट्रेलियामा बसोवास गरिरहेका नेपाली मात्र होईन, उनले स्थानिय समर्थक पनि निक्कै कमाएका छन् । क्रिकेट क्रेज निक्कै अन्य मुलुककै सरह रहने अष्ट्रेलियामा घरेलु क्रिकेटरसंगै विदेशी खेलाडी पनि समर्थकको रोजाईमा परि रहन्छन् ।
मेलवर्नले सिजनको दोस्रो खेलमा पनि सन्दिपलाई मैदान उतारेपछि उनका घरेलु समर्थक पनि निसी भए । होबर्ट हुरिकेन्सबिरुद्धको खेलमा सहज जित निकाल्ने क्रममा मात्र ३ ओभर बलिङ गरेका सन्दिपले १८ रन खर्चिएर १ विकेट हात पार्दा उनको टोली मेलबर्न ५२ रनको फराकिलो जित निकाल्न सफल बन्यो ।
टोलीको जितको खुसीयाली मनाउदै गर्दा दर्शकदिर्घाबाट सन्दिपको खोजी निक्कै भयो । सोहि क्रममा उनले आफ्ना समर्थकलाई सहजतापुर्वक अविवादन मात्र गरेनन, अटोग्राफसंगै आत्मियता पनि साटासाट गरे ।
यहि क्रममा एक समर्थकले सन्दिपसंगको भेटमा निक्कै भावुकता प्रर्दशन गरे । सन्दिपसंगको भेटमा उनले ठुलै सौभाग्यको अनुभुती पनि गर्न भ्याए । मैदानमा रहेका फाटोग्राफरहरुले ती हरेक पललाई आफ्नो क्यामेरामा कैद गरि रहेका थिए । स्थानिय सञ्चारमाध्यममा ती फोटा पोष्ट मात्र भएन, उनको चर्चाले पनि यसपटक निरन्तरता पाएको छ । लगातार २ खेलमा विकेट हात पार्न सफल सन्दिप अष्ट्रेलीयाली समर्थकमा पनि बिशेषगरी टिनएजरको रोजाईमा पर्ने गरेका छन् ।
विश्वभर हुने फ्रेन्चाईज लिगमा ब्यस्त रहेका सन्दिप नेपालीमाझ मात्र होईन, अब हरेक राष्ट्रका समर्थकका निकट पात्र बनिसकेका छन् । जसलाई यस्ता घटनाहरुले पनि पुष्टि गरि नै रहेका छन् । यहि अवस्थाले उनलाई विश्वका ठुला क्रिकेटरको श्रेणीमा पुर्याउन एउटा ईटा थप्ने निश्चित छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?