Logo

सन्दिपलाई हालसम्मकै किर्तिमानी मुल्य

ई-खेलकुद २०७६ कात्तिक ४ , सोमबार ०८:१० मा प्रकाशित

काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दिप लामिछाने किर्तिमानी मुल्डमा द हन्ड्रेड क्रिकेट प्रतियोगिताका लागि अनुबन्धीत भएका छन् । उनलाई ओभल ईन्भेन्सीबल्सले १ लाख पाउण्डमा टोलीमा अनुबन्धन गरेको हो । उनी सर्बाधिक मुल्य पाउने एसोसिएट खेलाडी समेत बनेका छन् । सन्दिपसंगै साकिव अल हसन, एरोन फिन्च, क्विन्टन डि कक, फाफ डुप्लेसीस, रासिद खान, तामिम ईकवाल लगायतका १७ खेलाडी १ लाख पाउण्डमा बिभिन्न टोलीमा अनुबन्धीत भएका हुन् । सन्दिप रहेको ओभल ईन्भेन्सीबल्समा साम कुराम, सुनिल नारिन, जासन रोए, साम विलिङस्, रिली रोसो, फाबियन एलेन लगायतका खेलाडी रहेका छन् ।
८ टोलीले प्रतिस्पर्धा गर्ने द हन्ड्रेड क्रिकेट प्रतियोगिता आगामी जुलाई १७ देखी अगष्ट १६ सम्म चल्नेछ । डबल राउण्ड रोबिन लिगका आधारमा चल्ने प्रतियोगितामा शीर्ष स्थानमा रहने टोलीले फाइनलमा स्थान बनाउने छ । दोस्रो र तेस्रो स्थानमा रहने टोलीले प्लेअफ खेल्नेछन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?