Logo

सन्दिपको मध्यम प्रर्दशन, बार्बाडोसको दोस्रो हार

ई-खेलकुद २०७६ भदौ ३० , सोमबार ०७:०९ मा प्रकाशित

एजेन्सी । क्यारेबियन प्रिमियर लिग क्रिकेटको पछिल्लो खेलमा जमैका तालावास विजयी भएको छ । नेपाली लेगस्पिनर सन्दिप लामिछाने आबद्ध बार्बाडोस ट्रिडेन्टलाई ४ विकेटले हराउदै जमैकाले सिजनको पहिलो जित हात पारेको हो । बार्बाडोसले दिएको १ सय ४१ रनको चुनौती उसले ९ बल अगावै ६ विकेट गुमाएर भेट्टायो । चाडविक वाल्टनले नटआउट ५१ र ग्लेन फिलिप्सले २८ रन बनाउदै टोलीलाई जित दिलाए ।
बार्बाडोसका हेदन वाल्स र जेसन होल्डरले समान २ तथा सन्दिप लामिछानेले १ विकेट लिए । सन्दिपले आफ्नो स्पेलमा ३५ रन खर्चेर १ विकेट हात पारेका हुन् ।
यसअघि पहिले ब्याटिङमा उत्रिएको बार्बाडोसले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ४० रनको मध्यम योगफल तयार पारेको थियो । एस्ले नर्सले ३७ रन बनाएको ईनिङसमा जेपी डुमिनीले ३१ रन बनाए । मात्र ८ बल खेलेका सन्दिपले १ चौकाको मद्धतमा नटआउट १० रन बनाए ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?