Logo

सन्दिपको टोली होबर्टले पर्थसंग खेल्दै

ई-खेलकुद २०७७ पुस २८ , मंगलबार ०७:०१ मा प्रकाशित

काठमाण्डौ । अष्ट्रेलियन बिग बास क्रिकेट लिगमा नेपाली लेग स्पिनर सन्दिप लामिछाने आबद्ध होबर्ट हुरिकेन्सले पर्थ स्कोरचर्ससंग प्रतिस्पर्धा गर्दैछ । पर्थको मैदानमा हुने खेल नेपाली समयानुसार दिउँसो २ बजे सुरु हुनेछ । तालिकाको चौथो र पाँचौ स्थानमा रहेका टोली आजको खेलमा जित निकाल्दै तालिकामा सुधारको योजनामा छन् । पर्थबिरुद्ध होबर्टले नेपाली लेगस्पिनर सन्दिप लामिछानेलाई आज पनि मैदान उतार्नेछ । अघिल्लो सेटमा कुनै परिवर्तन नगरी सेट मैदान उतार्ने हुरिकेन्सले जनाएको छ । जारी सिजन यी दुई टोलीबिचको यो पहिलो भेट हो । खेलेका ९ मध्ये ५ खेलमा जित निकालेको होबर्ट १९ अंकमा तालिकाको चौथो र एक् खेल कम खेलेको पर्थ ४ जितसंगै १६ अंकका साथ तालिकाको पाँचौ स्थानमा रहेको छ ।

बिग बास सन्दिप

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?