Logo

सन्दिपको टोली होबर्टको चौथो हार

ई-खेलकुद २०७७ पुस २३ , बिहीबार ०४:०१ मा प्रकाशित

एजेन्सी । अष्ट्रेलियन बिग बास क्रिकेट लिगमा नेपाली लेग स्पिनर सन्दिप लामिछाने आबद्ध होबर्ट हुरिकेन्सले चौथो हार भोगेको छ । आज भएको खेलमा हुरिकेन्स सिड्नी थण्डरसंग ३९ रनले पराजित भएको हो । जारी सिजन होबर्टको यो चौथो हार हो । पर्थमा थण्डरले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याउने क्रममा हुरिकेन्सले ८ विकेट गुमाएर १ सय २८ रन मात्र बनायो । कप्तान पिटर हेण्ड्सकम्बले सर्बाधिक ३० रन बनाएको हुरिकेन्सको ईनिङसमा बेन म्याकडेरमोटले २२ र डाविड मलानले २० रन बनाए । अन्यले उल्लेख्य ब्याटिङ गर्न सकेनन् । थण्डरका क्रिस ग्रीन, तानभिर सांङगा र नाथन म्याकएन्ड्रयुले समान २ तथा एडम मिल्नी र अर्जुन नैरले समान एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको थण्डरले ५ विकेट गुमाएर १ सय ६७ रनको मध्यम योगफल तयार पारेको थियो । उसको जितमा उस्मान ख्वाजाले सर्बाधिक ४९ रनको योगदान गरे । एलेक्स रोसले अबिजित ४४ र बेन कटिङले ३१ रन बनाए ।
हुरिकेन्सका म्याथु सर्टले ३ तथा सन्दिप लामिछानेले एक वकेट लिए । सन्दिपले आफ्नो स्पेलमा २३ रन खर्चिएर महत्वपुर्ण विकेट हात पारे ।

बिग बास होबर्ट हुरिकेन्स

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?