Logo

सन्दिपको टोली मेलवर्न चौथो जितसंगै शीर्ष स्थानमा

ई-खेलकुद २०७६ पुस १७ , बिहीबार ०२:०१ मा प्रकाशित

एजेन्सी । बिग बास लिग क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेआबद्ध मेलबर्न स्टार्सले चौथो जित निकालेको छ । आज भएको खेलमा सिड्नी थन्डरलाई ३ विकेटले हराउदै मेलवर्न ८ अंकमा तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।
सिड्नीले दिएको १ सय ४३ रनको लक्ष्य मेलबर्नले २ बल अगावै ७ विकेट गुमाएर भेट्टायो । मेलवर्नको जितमा निक लार्किनले ६५ तथा मार्कुस स्टोनिसले ५८ रनको योगदान गरे । सिड्नीका डानिल सामले ३ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको सिड्नीले ७ विकेट गुमाएर १ सय ४२ रनको मध्यम योगफल तयार पारेको थियो । एलेक्स रोसले ४० र म्याथ्यु गिल्केशले २८ रन बनाएको सिड्नीको ईनिङसमा अन्यले गतिलो ब्याटिङ गर्न सकेनन् । मेलबर्नका हरिस राउफले ३ विकेट लिए । चोटका कारण मेलवर्नले सन्दिपलाई आराम दिएर उनको स्थानमा राउफलाई मैदान उतारेको थियो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?