Logo

सन्दिपको टोली मेलवर्नले आज छैठौ खेल खेल्दै

ई-खेलकुद २०७६ पुस १९ , शनिबार ०९:०१ मा प्रकाशित

काठमाण्डौ । अष्ट्रेलियन फ्रेन्चाईज लिग बिग बास क्रिकेट लिगमा नेपाली लेगस्पिनर सन्दिप लामिछाने आबद्ध मेलवर्न स्टार्सले आज मेलवर्न रेनेगेड्ससंग प्रतिस्पर्धा गर्दैछ । नेपाली समयानुसार दिउँसो १ बजेर ५५ मिनेटमा हुने खेलमा स्टार्स पाँचौ जितको खोजीमा रहनेछ । सुरुवाती पाँचै खेल गुमाएको रेनेगेड्स प्रतियोगिताको पहिलो जित निकाल्ने योजनामा छ ।
मेलवर्न स्टार्सले आजको खेलमा सन्दिपलाई मैदान उतार्नेछ । चोटका कारण अघिल्लो खेल गुमाएका सन्दिपलाई पनि राखेर टोलीले हिजै प्लेईङ सेट सार्बजनिक गरिसकेको छ । आज जित हात पारे मेलवर्न स्टार्स अघिल्लो चरण नजिक पुग्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?