Logo

सन्दिपको टोली मेलबर्न स्टार्सको पाँचौ जित

ई-खेलकुद २०७६ पुस १९ , शनिबार ०६:०१ मा प्रकाशित

एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध मेलबर्न स्टार्सले बिग बास लिगमा पाँचौ जित हात पारेको छ । मेलबर्न डर्बी अन्तर्गत आज भएको खेलमा मेलबर्न रेनेगेड्सलाई ८ विकेटको फराकिलो अन्तरले हराउदै स्टार्सले शीर्ष स्थानमा २ अंकको अग्रता बनाएको हो ।
रेनेगेड्सले दिएको १ सय ४३ रनको चुनौती स्टार्सले ७ बल अगावै मात्र २ विकेट गुमाएर भेट्टायो । मार्कोस स्टोनीस ६८ र कीतान ग्लेन म्याक्सवेल ४० रनमा अबिजित रहदै टोलीलाई जितसम्म पुर्याए । निक माडिन्सनले १७ र वेन डुङकले १५ रन बनाए । रेनेगेड्सका केन रिचार्डसन र रिचार्ड ग्लिसनले समान एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको रेनेगेड्सले ९ विकेट गुमाएर १ सय ४२ रनको मध्यम योगफल तयार पारेको थियो । रेनेगेड्सका लागि सउन मार्शले सर्वाधिक ४३ रन बनाए । यस्तै बेउ वेब्स्टरले २९ तथा कप्तान आरोन फिन्चले २५ रन जोडे । मेलबर्न स्टार्सका सन्दीपले ३ विकेट लिए । आफ्नो स्पेलमा २६ रन खर्चदै उनले महत्वपुर्ण विकेट हात पारेका हुन् । एडम जाम्पा र डेल स्टेनको नाममा समान २ विकेट रह्यो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?