Logo

सन्दिपको टोली बार्वाडोसले जित्यो क्यारेबियन प्रिमियर लिगको उपाधि

ई-खेलकुद २०७६ असोज २६ , आईतबार ०६:१० मा प्रकाशित

एजेन्सी । नेपाली लेगस्पिनर सन्दिप लामिछाने आबद्ध बार्वाडोस ट्रिडेन्सले क्यारेबियन प्रिमियर लिग सीपीएल क्रिकेटको उपाधि जितेको छ । आज बिहान भएको फाईनलमा गुयना अमेजन वारियर्सलाई २७ रनले हराउदै बार्वाडोसले उपाधि आफ्नो नाममा लेखाएको हो । पहिलो क्वालिफायरमा भोगेको हारको बदला बार्वाडोसले फाइनलमा लिएको हो ।
१ सय ७२ रनको उच्च चुनौतीसहित ब्याटिङमा उत्रिएको गुयनाले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ४४ रन मात्र बनाउन सक्यो । ब्रेन्डन किंगले ४३, केमो पउलले २५ र निकोलस पुरनले २४ रन बनाएको ईनिङसमा अन्यले गतिलो ब्याटिङ गर्न नसक्दा गुयना हार भोग्न बाध्य भयो । बार्वाडोसका रेयमन रिफरले ४ तथा हेरी गुर्ने र एस्ले नर्सले समान २ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको बार्वाडोसले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ७१ रनको सम्मानजनक योगफल तयार पारेको थियो । उसको जितमा जोनाथन कार्टरले अबिजित ५० रनको योगदान गरे । जोनसन कार्लेसले ३९ र एलेक्स हेल्सले २८ रन बनाए । समुहचरणका सबै खेलमा जित हात पारेको गुयना फाइनलमा भने पराजित हुदै उपबिजेतामै सिमित बनेको हो ।
टोलीमा आबद्ध सन्दिप लामिछाने घरेलु टोलीको सिरिजका कारण टोलीका पछिल्ला खेलमा अनुपस्थित रहेका थिए ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?