
एजेन्सी । युएईमा जारी टि–१० क्रिकेट लिगमा नेपाली लेगस्पिनर सन्दिप लामिछाने आबद्ध कर्नाटका टस्कर्सले तेस्रो खेलमा अहिले डेकान ग्लाडीएटर्ससंग प्रतिस्पर्धा गरिरहेको छ । युएईको आबुदाबीस्थित शेख जायेद क्रिकेट मैदानमा टस जितेको ग्लाडीएटर्सले पहिले फिल्डिङ रोजेपछि कर्नाटका ब्याटिङमा उत्रिएको छ ।
टोलीले लगातार तेस्रो खेलमा पनि सन्दिपलाई प्लेईङ सेटमा राखेको छ । यसअघिका खेलमा उत्कृष्ट प्रर्दशन गरेका सन्दिपले दोस्रो खेलमा हिजो उच्चकोटीको प्रर्दशन गरेका थिए । यष्द्यपी उनको टोली जित निकाल्न असफल बन्यो ।
