Logo

सन्दिपको टोली कर्नाटकाको सुखद सुरुवात, पहिलो वलमै सन्दिपले लिए विकेट

ई-खेलकुद २०७६ कात्तिक ३० , शनिबार ०९:११ मा प्रकाशित

एजेन्सी । युएईमा जारी टि–१० क्रिकेट लिगमा नेपाली लेगस्पिनर सन्दिप लामिछाने आबद्ध कर्नाटका टस्कर्सले विजयी सुरुवात गरेको छ । आज भएको खेलमा कर्नाटकाले दिल्ली बुल्सलाई १९ रनले हराउदै सिजनको सुखद सुरुवात गरेको हो । १ सय ११ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित ओभरमा ८ विकेट गुमाएर ९१ रन मात्र बनाउन सक्यो । पहिलो खेलमै मैदान उत्रिएका सन्दिपले १९ रन खर्चेर १ विकेट लिए । उनले आफ्नो स्पेलको पहिलो बलमै विकेट हात पारेका थिए ।
यसअघि युएईको आबुदाबीस्थित शेख जायेद क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरेको कर्नाटकाले ५ विकेट गुमाएर १ सय १० रनको योगफल तयार पारेको थियो । उपुल थरंगाले सर्बाधिक ४८ रन बनाएको ईनिङसमा साफिक उल्लाहले ३४ रनको योगदान गरे ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?