Logo

सन्दिपको एकै ओभरमा पोलार्डको ४ छक्का र १ चौकासहित ३० रन !

ई-खेलकुद २०७६ मंसीर २ , सोमबार ०६:११ मा प्रकाशित

काठमाण्डौ । युएईमा जारी टि–१० क्रिकेट लिगको तेस्रो खेलमा नेपाली लेगस्पिनर सन्दिप लामिछानेले खर्चिलो बलिङ गरेका छन् । डेकन ग्लाडीएटर्सबिरुद्धको खेलमा पहिलो ओभरमा मात्र ५ रन खर्चिएका सन्दिपले दोस्रो ओभरमा ३० रन खर्चिए । उनको दोस्रो ओभरमा किरन पोलार्डले ४ छक्का, एक चौका र २ रन गरी ३० रन प्रहार गरेका थिए ।
१ सय ११ रनको लक्ष्यसहित जवाफि ब्याटिङमा रहेको ग्लाडीएटर्सलाई यो ओभरले जित नजिक पुर्याएको छ । यसअघिका दुबै खेलमा सनिदपले उत्कृष्ट बलिङ गरेका थिए ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?