
एजेन्सी । बिग बास लिग क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपाली लगस्पिनर सन्दिप लामिछाने आबद्ध मेलबर्न स्टार्सले दोस्रो जित हात पारेको छ । आज भएको खेलमा होबर्ट हुरिकेन्सलाई ५२ रनले हराउदै मेलबर्नले लगातार दोस्रो जित हात पारेको हो । १ सय ६४ रनको लक्ष्य पछ्याएको होबर्ट २४ बल अगावै १ सय ११ रनमा समेटिएपछि मेलबर्न फराकिलो जित निकाल्न सफल बन्यो । कालेव जीवेलले २५ र क्लाईभ रोजले २१ रन बनाएको होवर्टको ईनिङसमा अन्यले गतिलो ब्याटिङ गर्न सकेनन् । उसलाई लक्ष्य अगावै समेट्न हारिस रौफले ५ तथा एडम जाम्पा र ग्लेन म्याक्सवेलले समान २ विकेट लिए । सन्दिप लामिछानेको नाममा १ विकेट रह्यो । मात्र ३ ओभर बलिङ गरेका सन्दिपले १८ रन खर्चिएर १ विकेट हात पारेका हुन् ।
यसअघि पहिले ब्याटिङ गरेको मेलवर्नले ४ विकेट गुमाएर १ सय ६३ रनको सम्मानजनक योगफल तयार पारेको थियो । उसको जितमा मार्कोस स्टोईनिसले ८१, निक माडिन्सनले ४० र वेन डुङकले १९ रनको योगदान गरे ।
होवर्टका रिले मेरिडिटले ३ तथा क्वाईस अहमदले १ विकेट लिए । जितसंगै मेलवर्न तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
